तरकारी किन्न जाऔं करेला र परबल भयो सस्तो

  • Clock icon
    २०८२ बैशाख १९, शुक्रबार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज परबल र करेलाको मूल्य घटेको छ। ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा २२, तराईको सानो गालेभेँडा ३५, ठूलो भारतीय गोलभेँडा ५५, रातो आलु ३१, भारतीय रातो आलु ३५, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २०, बन्दा १२, स्थानीय काउली २७, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा २७, डल्ले भन्टा ४५, तने बोडी ७५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ३०, परबल ५५, घिरौँला २५, झिँगुनी ७५, लाम्चो र डल्लो हरियो फर्सी २५, पाकेको फर्सी ४५, भिन्डी ५५, कन्य च्याउ २२०, डल्ले च्याउ ३२८, सजिवन ९०, ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।