पूर्वाधार आयोजना फेरी प्राथमिकीकरण हुने नीति तथा कार्यक्रमद्धारा घोषणा

सरकारले आर्थिक वर्ष २०८२८३ मा पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

सो क्रममा उहाँले आगामी आवमा पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गरिने उल्लेख गर्नुभयो ।
विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।

विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसद्‍को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उहाँले घोषणा गर्नुभयो ।

निर्माणाधिन र निर्माण गर्नुपर्ने सबै आयोजनालाई स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगन गर्ने र खारेज गर्ने उहाँले प्रस्तुत गर्नुभएको बुँदामा जनाइएको छ ।