अमेरिकाबाट फलिएका अष्ट्रेलियाली प्रशिक्षक लबाट नेपाली क्रिकेटले फाइदा लेला ?

नेपालले हरेक प्रशिक्षकबाट अपेक्षा गर्ने भनेको नै ब्याटिङमा आमुल परिवर्तन हो । तर हालसम्म त्यो सम्भव भएको छैन । सन् २०२१ मा डेभ ह्वाटमोर र २०२३ मा मोन्टी देशाई मुख्य प्रशिक्षक बनेपछि ब्याटिङ सुधारमा केही आशा देखाएका थिए । तर त्यो सुधारले घरेलु मैदान टीयुभन्दा बाहिर प्रभाव देखाउन सकेन । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो फड्को मार्न र एसोसिएटमा राज गर्न ब्याटिङ सुधारको बेग ल्याउनु पर्दछ ।

अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी(२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो ।

लिग २ र टी-२० विश्वकप एसिया छनोटले नेपाली क्रिकेटको अवको भविष्य निर्माण गर्नेछ । लिग-२ को दोस्रो संस्करणमा सुरुवाती १२ खेलमा नेपालले दुईमा जित हात पारेको छ । अब बाँकी २४ मध्य १६ खेल विदेशी भूमिमा हुँदा नेपाललाई शीर्ष चारमा रहेर विश्वकप छनोट र ओडीआई मान्यता सोझै प्राप्त गर्न सहज हुनेछैन । यी सफलता हात पार्न नेपालले अब कम्तिमा १५ खेल जित्नुपर्ने हुन्छ ।

 

नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्समा मात्रै ८ खेल खेल्नेछ । त्यसपछि बाँकी ८ खेल युएई र ओमानमा छन् । ब्याटिङमा सुधारविना विदेशी भूमिमा जित निकै कठिन देखिन्छ । घरेलु मैदान टीयुमा पनि स्कटल्याण्ड र अमेरिका जस्ता बलिया टोलीविरुद्ध खेल्ने हुँदा शतप्रतिशत जित निकाल्न निकै कठिन देखिन्छ । २०२६ नोभेम्बरमा टीयुमा अमेरिकासँग बदला लिने ललाई राम्रो अवसर हुनेछ ।

२०२६ को टी-२० विश्वकप खेल्न आगमी अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसिया इएपी क्षेत्रिय छनोटमा शीर्ष तीनमा पर्नु पर्दछ । छिमेकी मुलुक भारत र श्रीलंकामा हुने हुँदा उक्त विश्वकप खेल्न निकै आवश्यक र महत्त्वपूर्ण छ । उक्त प्रतियोगितामा नेपाल, युएई, ओमान, कतार, कुवेत, जापान, मलेसिया, पपुवा न्युगिनी र सामोआ गरी ९ टोली छन् । जापान र सामोआलाई छाड्ने हो भने जस्ले जस्लाई पनि हराउन सक्ने खुबी राख्छन् । नेपाल उपाधि दाबेदार मानिएपनि ढुक्क हुने अवस्था छैन ।

नेपालको ओडीआई र टी२० आई प्लेइङ ११ मा ९र१० खेलाडी एउटै छन् । अधिकांश खेलाडीले टी२० शैलीमा खेल्न संघर्ष गरेका छन् । नेपाल अघिल्लो महिना मात्रै कुवेतसँग स्तब्ध हुँदै चार देशसम्मिलित सिरिज गुमाएको थियो । नयाँ अनुहारलाई मौका दिदा अबको पाँच महिना अनुभव पर्याप्त हुँदैन । अनुभवीलाई समेट्दा टी(२० शैलीमा रुपान्तरण सहज हुँदैन । टी२० विशेष टिम निर्माण अर्को चुनौती हो ।

ब्याटिङ सुधार विना विश्वकप छनोट र लिग-२ मा दमदार प्रदर्शन मुश्किल बन्नसक्छ । टेस्ट टोलीसँग सिरिज, निरन्तर विदेशमा खेल र प्रशिक्षणको व्यवस्था मिलाउन सक्नुपर्छ । सम्भावना बोकेका युवा क्रिकेटरलाई विदेशमा प्रशिक्षणको व्यवस्था मिलाउन क्यानलाई दबाब दिनसक्नुपर्छ । ब्याटिङ एकै दिनमा सुधार हुँदैन । त्यसको लागि दीर्घकालीन योजना, लगानी र काममा निर्भर हुनेछ । उनीसँग ब्याटिङ सुधारको थुप्रै योजना होलान् । ती योजना पूरा गर्न क्यानले सक्छ वा सक्दैन त्यो अझ महत्त्वपूर्ण बन्नसक्छ ।

कप्तान मोनान्क पटेलसँगको विश्वकप दौरान भएको मनमुटाव नै बहिगर्मनको कारण बनेको थियो । स्टुअर्ट ल अमेरिकामा कम्पानसँग विवादमा परेपटि ऊनी अमेरिकी क्रिकेट प्रक्षिकबाट हटाइएका थिए । तर उनि अहिले नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक बनेका छन् ।

केही सिनियर प्रमुख खेलाडी घाइते भएमा नेपालको टोली कमजोर बन्दै आएको छ । मजबुत बेन्च स्ट्रेन्थ तयार अति आवश्यक छ । मोन्टी देशाई पदमुक्त हुनुको मुख्य कारक एउटै खेलाडीलाई बारम्बार अवसर दिनु थियो । अब लले खेलाडीलाई विश्वास दिलाउँदै राम्रो गर्न नसकेपछि निश्चित खेलपछि परिवर्तन गर्ने जोखिम लिनुपर्दछ । खेलाडीले पाउने अवसर, भूमिका, जिम्मेवारी र विश्वास स्पष्ट हुनुपर्दछ । २०२६ को टी-२० विश्वकप, २०२७ को एकदिवसीय विश्वकप हुँदै टेस्ट राष्ट्र नेपालको अवको सपना हुन् ।

दीर्घकालिन विकासलाई स्कुल, कलेज, क्लब र एकेडेमी क्रिकेटमा एउटा योजना बनाउनुपर्दछ । त्यो योजना क्यानबाट लागुपनि गर्न सक्नुपर्छ । जिल्ला, प्रदेश, उमेर समूहका प्रशिक्षकसँग सहकार्य गर्न सकेको खण्डमा मात्रै उनलाई सहज हुनेछ । नेपाल ए को टोलीलाई निरन्तर व्यस्त गराउन क्यानलाई दबाब दिनसक्नुपर्छ । खेलाडी छनोटमा क्यान पदाधिकारीको दबाबबाट उठेर निष्पक्ष गर्ने आट हुनुपर्दछ ।

नेपाली समर्थकलाई खराब नतिजामा धैर्यता गराउन मुश्किल पर्दछ । नेपाली क्रिकेटमा लको लागि अवसर र चुनौती दुवै बराबर छन् ।