मूलुकको आर्थिका विकासका लगि कृषि नै प्रमुख रहेको उद्योगी, व्यवसायी तथा कृषक पवन गोल्यानले बताउनुभएको छ । उहाँले मूलभूत विषय भनेको आयात घटाउनु रहेको उहाले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आयात घटाउन मोबाइल, गाडी र रक्सी नियन्त्रण गरेर हुँदैन। यस्ता वस्तुमा भन्सार बढाउनुपर्छ। सरकारले कृषिजन्य वस्तु आयात बन्द गर्नुपर्छ। नेपालभित्रै कृषिजन्य उत्पादन बढाउन भारतसहितका मुलुकबाट आयात गरिने वस्तु रोकेर अघि बढ्न आवश्यक देखिन्छ। अबको नीति कस्तो चाहिन्छ भने देश सुहाउँदो कृषि, ऊर्जा, पर्यटन र वनपैदावर प्राथमिकतामा राख्नुपर्छ।’
कृषिप्रधान देश भएर पनि कृषिजन्य वस्तुहरु आयात भइरहेको अवस्थामा नेपालको व्यवसायिक समूह गोल्यान समुहकाअध्यक्ष गोल्यानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै र किसानको समेत आम्दानी पाँच वर्षमा दोब्बर बनाउने लक्ष्यका साथ कृषि क्षेत्रमा आफू लाग्नुका साथै नेपालको कृषि क्षेत्रको सम्भावना, समस्या, समाधानका उपायहरूका लागि सबै क्षेत्र र कृषकसँग सहकार्य गदैबजारीकरण गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
उहाँले कृषि क्षेत्रलाई दिगो नाफामुलक बनाउन खाद्य सुरक्षा सँगै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नु नै मुख्य कार्य रहेको बताउनुभयो ।