आज देशभर बदली

देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा उदयपुरको कटारीमा १८.८ मिलिमिटर वर्षा भएको छ। मोरङको हैरैँचामा ९.८, मोरङकै लेटाङमा ९.८, विराटनगरमा २.६ मिलिमिट वर्षा भएको छ।

मंगलबार अधिकांश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

मौसमविद् विनोद पोखरेलले पनि मंगलबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेका छन्।

मनसुन सुरू हुन करिब एक महिना बाँकी रहेको छ। यस वर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने र विशेष गरेर सुदूरपश्चिम प्रदेशमा उल्लेख्य वर्षा हुने प्रक्षेपणहरू आइरहेका छन्।

प्रि–मनसुन याममा पनि सरदरभन्दा बढी नै वर्षा भइरहेको छ। फागुन १७ देखि वैशाख २२ सम्मको अवधिमा ११८.६० मिलिमिट वर्षा भएको छ। यो सरदरको तुलनामा ५१.८ प्रतिशत हो।