बर्खामा मोटरसाइकल यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्न रहेका छन
१. इन्जिन र ब्रेकको जाँच गरेरमात्र यात्रा गर्ने । लामो यात्रा अघि इन्जिन र ब्रेकको अवस्था जाँच गर्ने । र बत्ती, इन्डिकेटरको कार्यक्षमता पनि सुनिश्चित गर्ने ।
२. सामानको सुरक्षित ठाउँमा राख्ने । अत्यधिक लोड नगर्ने, यसले दुर्घटनाको सम्भावना बढाउँछ ।
३. सुरक्षाका उपकरणहरूको प्रयोग गर्ने र सर्टिफाइड हेलमेट, पन्जा, ज्याकेट, र रेनकोट जस्ता सुरक्षाका उपकरणहरूको प्रयोग गर्ने ।
४. सडकको अवस्था बुझेरमात्र यात्रा अघि जाने, खाल्डाखुल्डी, उकालोओरालो, र ट्राफिकको बारेमा जानकारी लिने ।
५. मोटरसाइकल चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने
६. आराम र विश्राममा ध्यान दिने । लामो समयसम्म चलाउँदा आँखामा थकान आउन सक्छ, त्यसैले नियमित विश्राम लिने ।
७. सवारी साधनमा टुलबक्स राख्ने । पङ्चर मर्मत किट, अतिरिक्त बत्ती, र टुलबस्कहरु साथमै बोकेर जाने ।