काठमाडौं । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मध्यराति भएका सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनालाई ४–३ ले हराउँद उपाधि नजिक पुगेको हो ।
पहिलो हाफमा २ गोलको अग्रता लिएपनि बार्सिलोनाले दोस्रो हाफमा २ गोल फर्काउँदै खेल बराबरी गरेको थियो भने खेल सकिन लाग्दा पुनः दुवै टोलीबाट गोल भएपछि खेल ३–३ को बराबरी हुँदै अतिरिक्त समयमा धकेलिएको थियो ।
इन्टरले उपाधिका लागि पिएसजी र आर्सनलबीचको विजेतासँग खेल खेल्नु पर्नेछ ।