गोल्यान समुह अन्र्तगत सञ्चालनमा रहेको रिलायन्स स्पिनिङ मिलले आइपिओ खुला गर्नुपर्ने भएको छ ।
पाटन उच्च अदालतले धितोपत्र बोर्डको आईपिओ रोक्का आदेश खारेज गर्दै आइपिओ निस्कासन प्रक्रिया अगाडि बढाउन अनुमति दिएको छ ।
धितोपत्र बोर्डले बदनियतपूर्ण निर्णय गरेको भन्दै कम्पनिको पक्षमा अदालतले अन्तरिम आदेश जारी गरेको छ ।