नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज पनि अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा छ। हिजो युरो १ को खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा थियो।
त्यस्तै आज पाउन्ड १ को खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा थियो।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ७० पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३५९ रुपैयाँ २० पैसा र बिक्रीदर ३६० रुपैयाँ ७९ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
अधिकांश देशका मुद्राको विनिमय दर: