सिरहाको गोलबजारमा रहेको बर्धमान अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएकी एक सुत्केरीको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–११, सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएको हो ।
अस्पताल र चिकित्सकको लापरबाहीले मृत्यु भएको परिवारका सदस्यले दाबी गरेका छन् ।
शुक्रबार बिहान व्यथा लागेपछि रामकाशीलाई मिर्चैया–६ स्थित सरकारी अस्पतालले निजी बर्धमान अस्पतालमा रेफर गरिएको थियो ।
बर्धमान अस्पतालमा सञ्चालक तथा शल्यचिकित्सक डा. तेजशंकर यादवले शल्यक्रिया गरेका थिए । रामकाशीले छोरालाई जन्म दिएपनि सुत्केरीको अत्यधिक रक्तस्राव भएर अवस्था सिकिस्त भएको र पटक–पटक सुविधासम्पन्न अस्पतालमा रिफर गरिदिन आग्रह गरेपनि समयमा नगर्दा छोरीको मृत्यु भएको बुबा बुवा महेश्वर यादवको आरोप छ ।