दुर्गा प्रसाईंले तीन कम्पनीको नाममा लिएको साढे २७ करोड ऋण अन्य प्रयोजनमा प्रयोग गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ।
उनले राउण्ड ट्रिपिङमार्फत ऋण दुरुपयोग गरी अरू बैंकको कर्जा चुक्ता गर्न र आफ्नै कम्पनीहरूमा लगानी गरेका थिए। उनले सीआईबीसमक्ष यो कार्य गरेको स्वीकार गरेका छन्।
उनी र आफन्तहरू संलग्न ३१ कम्पनीमा ७ अर्ब २५ करोडभन्दा बढीको बक्यौता भुक्तानी गर्न बाँकी रहेको भेटिएको छ । सीआईबीले बैंकिङ कसुरमा मुद्दा दायर गर्ने तयारी गरेको छ।