विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट संन्यास

भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। यसअघि नै संन्यासको विषयमा  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका कोहलीले सोमबार संन्यास लिने घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको जनाकारी गराएका हुन्।

इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यास लिएपछि भारतीय टोलीले युवा खेलाडीमा भर पर्नु पर्नेछ। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ। कोहलीले यसअघि नै टी-२० बाट संन्यास लिएका  थिए। अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन्।