नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दुई दिनमा ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा मंगलबारदेखि सुरु भएको एक्स्पोको दोस्रो दिन बुधबार २६ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । उद्घाटनको दिन मंगलबार २९ हजारभन्दा बढी अवलोकनकर्ता मेला पुगेका थिए […]