सडक विभाग र काठमाडौं महानगरपालिकाले काठमाडौंको जडिबुटी-पेप्सीकोला सडकका दुवैतर्फ १५-१५ मिटरभित्रका संरचना हटाउन निर्देशन दिएको छ। महानगर र विभागले गोरखापत्रमा सोमबार सूचना प्रकाशन गरेर सडकको दुवैतर्फका १५-१५ मिटरका संरचना हटाउन निर्देशन दिएको हो। ती संरचनाहरु आफै हटाउन महानगर र विभागले ३५ दिनको अल्टिमेटम दिएको छ।
उक्त सडकमा २०५८ मंसिर १८ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार सडकको दुवैतर्फको १५र१५ मिटर सडकको सीमा कायम गरेका र २०८२ वैशाख १० गते चिनो लगाइएको सूचनामा उल्लेख छ।
गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अबज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ ९पैंतीस० दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन र भत्काउन मुनासिब माफिकको म्याद तोकी यो सूचना प्रकाशित गरिएको छ, सूचनामा उल्लेख छ। तोकिएको समयमा अनधिकृत संरचना नहटाए कानुनअनुसार कारबाही हुने सूचनामा उल्लेख छ।