त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् । मंगलबार साँझ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिर स्थित त्रिशुली नदिमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार, बेपत्ता हुनेमा ११ वर्षिया जेनी डंगोल र ११ वर्षिया सदीक्षा राई छन् । उनीहरूको खोजी कार्य जारी छ ।
खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको डीएसपी थापाले बताए ।