सन नेपाल लाइफ इन्स्योरेन्स हकप्रद सेयर खुल्यो

सन नेपाल लाइफ इन्स्योरेन्सले आज (मंगलबार) देखि हकप्रद सेयर बिक्री खुला गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ताको अनुपातमा हकप्रद निष्कासन गरेको हो।  जस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको छ।

उक्त हकप्रद प्रयोजनको लागि इन्स्योरेन्सले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ। वैशाख ४ गतेसम्मका कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।