चिनको फुजैन प्रान्तमा दोस्रो चाईना बेम्वो इन्डष्ट्रीज एक्सपो मंगलबारदेखि चिनमा शुरु भएको छ ।
चिनको उहिन्सान सहरमा जेठ ४ गतेसम्म हुने एक्सपोमा बाँसका नयाँ-नयाँ सामग्रीहरू राखिएको छ । नयाँ-नयाँ ढंगबाट आधुनिक सामग्री उत्पादन भएका स्टलहरू रहेको आयोजक संस्थाले जनाएको छ ।
एक्सपोमा पाउडर टेबुल, पलङ, कुर्सि, रुमहरू, डेकोरेशन, लाईब्रेरि, बाँसबाट उत्पादित तेल, दराज तथा र्याकलगायत अफिस (कार्यालय) कुर्सि, डेकोरेशनसहितको आकर्षण गर्न सकिन्छ भनेर प्रयोगसमेत गर्न स्टलहरू राखिएका छन् । सस्तो मूल्यमा चिनियाँ जनतालाई प्रयोग हुनुका साथै आन्तरिक क्षेत्रमा निर्यातको व्यवस्थासमेत गरिएको छ ।
सो स्टलहरुमा राखिएका सामानहरु लगायत अन्य बाँसजन्य सामग्रीहरू अन्य मुलुकमा निर्यात गर्दा अति कम भन्सार शुल्क लिने जनाएको छ ।
जसरी उत्पादन गरिएका बाँसका बस्तुहरु छन् ति सामाग्रीहरु वातावरणमैत्री छन् । प्लाष्टीकका सामानहरु निरुत्साहित गरी प्रकृतिमै उत्पादित सामानबाटै प्रकृतिको संरक्षण गरौँ भन्ने एक्सपोको मुख्य उद्देश्य रहेको छ ।
यसैगरी कार्यक्रमको मुख्य आकर्शक यदि क्रेताले जुत्ता राख्ने र्याक खरिद गरेको छ भने जुत्ता खरिदमासमेत सहुलियत उपलब्ध गराउने आयोजकले दावी गरेको छ ।