लगातार चौथो दिन घट्यो सेयर बजार, १३ अंकको गिरावट

लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ ।  नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो ।

दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् । बैंकिङ ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ तथा व्यापार ०.६९ प्रतिशत घटे ।