आइसिसी विश्वकप लिग-२ मा अहिले नेपाल दबाबपूर्ण स्थितिमा छ। आठ टोली सहभागी लिगमा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।
नेपालले १२ खेल खेल्दा केवल २ खेलमा मात्र जित निकाल्न सकेको छ। नेपालको ६ अंक मात्र छ। अंक तालिकाको पुछारमा रहेको युएईको पनि ६ अंक छ। रनरेटमा युएईलाई नेपालले पछि पारेको स्थिति छ।
लिग-२ को शीर्ष चारमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपालका लागि सन् २०२५ का तीन वटा सिरिज महत्वपूर्ण छ। यो वर्षको पहिलो सिरिज खेल्न नेपाली टोली बुधबार युकेतर्फ गएको छ।
नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ।