भारत, जापान र अस्ट्रेलियामा कुल अन्तरराष्ट्रिय विद्यार्थीको संख्याको तुलनामा नेपाली विद्यार्थीको संख्याको बढोत्तरी भएको छ । त्यहाँ क्रमस पहिलो, दोस्रो र तेस्रोमा नेपाली विद्यार्थी रहेको एक अध्ययनले देखाएको छ ।
अस्ट्रेलियामा नेपालमा जन्मेका अस्ट्रेलियाली नागरिकको अनुपात ०.७३ प्रतिशत सहित आठौँ श्रेणीमा पुगेछ र यो अनुपात भनेको नेपालमा कुल तराई ब्राह्मणको संख्या हो । गत दश बर्षमा नेपाली प्रबासीको संख्या सबै भन्दा धेरै दरले अर्थात करिब पांच गुणाले बढेको थियो । अस्ट्रेलियामा नेपालीको संख्या १ प्रतिशतको थ्रेसहोल्ड पुग्ने तरखरमा छ ।
यो प्रवृतिलाई तत्कालै सम्बोधन गर्न नसकिने वास्तविकतालाई आत्मबोध गर्दै बदलिदै गरेको यस्तो परिदृश्यबाट नेपालले लाभ लिन सक्ने रणनीति कस्तो हुन सक्छ भन्ने बारे अस्ट्रेलियामा रहेका नेपाली प्रबासी एवं नेपाल र अस्ट्रेलिया बीचको आर्थिक कुटनीतिको खाका सम्बन्धि बिष्तृत अध्ययन भइरहेको छ ।