धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजना’ का लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ ।
आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जाइकाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारको तर्फबाट अर्थमन्त्री पौडेल र जापान सरकारको तर्फबाट सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आउनुभएका संसदीय उपविदेशमन्त्रीसहित अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, नेपालका लागि जापानका राजदूत मैदा तोरु रेलगायतको सहभागितामा सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ ।