हैदरावादसँगको हारसँगै प्ले अफ दौडबाट बाहिरियो लखनउ

इन्डियन प्रिमियर लिग २०२५ को प्ले अफ प्रतिस्पर्धाबाट लखनउ सुपर जाइन्ट्स बाहिरिएको छ। सोमबारको खेलमा सनराइजस् हैदरावादसँग पराजित भएसँगै लखनउ बाहिरिएको हो।  हैदरावादले लखनउलाई ६ विकेटले पराजित गरेको हो।  पहिले ब्याटीङ गरेको लखनउले हैदरावालाई २०६ रनको लक्ष्य दिएको थियो। जून लक्ष्य हैदरावादले १० बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पुरा गर्‍यो ।

यो सिजनको आइपिएलमा गुजरात, बैंगलोर र पञ्जाबले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। लखनउ बाहिरिएसँगै बाँकी एक स्थानका लागि अब मुम्बई र दिल्लीबिच प्रतिस्पर्धा छ । समान १२ खेलमा मुम्बई एक अकंले अगाडि रहेकाले उसको सम्भावना बढेको छ। मुम्बई १४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ भने दिल्ली १३ अंकसहित पाँचौ स्थानमा छ। दुवै टिमका लिग चरणमा दुई खेल बाँकी छन्।