नेपालले आफ्नो हितमा नीति बनाउनुपर्छ

नेपाल एक भुपरिबेष्ठित मुलुक हो । हामिले सामान आयात गर्न होस या निर्यात कुनै मुलुकको बाटो प्रयोग गर्नुको बिकल्प छैन । त्यसैले हामिले एउटै र समान निति लिएर आफ्नालागि बढि हित कसरि हुन्छ भन्ने सोचेर निति बनाउनुपर्ने देखिन्छ ।

नेपाल दुई ठुला देश चिन र भारतको बिचमा छ । विश्वको आधा जनसङ्ख्या भएका मुलुकको बिचमा भएपनि उपयुक्त लाभ भने लिन नसकेको यथार्थ हो । सबैभन्दा पहिले स्थिर र समयसापेक्ष बैदेशिक निति हुनु आजको प्रमुख र अपरिहार्य आवस्यकता हो । हाम्रो अहिलेको स्थितिले राजनितिमा स्थिरता हुने सम्भावना न्युन रहेकाले बैदेशिक र ब्यबसायिक निति स्थिर र समयानुकुल हुन सके नेपालको द्रुत्ततर गतिमा बिकाश हुनेछ ।

 


हामिले बैदेशिक सहयोग वा ऋण लिनुको बिकल्प नरहेकाले मुलुकको हितमा सोच्नुपर्ने देखिन्छ । एमसिसि, बिआरआई वा चिन, भारत तथा अमेरिका लगायत अन्य मुलुकहरुबाट आउने सहयोगलाई तदारुकताका साथ निर्णय लिएर काम गर्नुपर्ने देखिन्छ । हामी जसरि एमसिसि आयो मुलुक खत्तम हुन्छ बिआरआई आयो अब देश सकिन्छ भन्ने अफवाह फैलाएर नचाहिने मुद्दामा फस्यौ भने आफै पछि पर्नेछौ । यि र यस्ता नामका प्रोजेक्ट्लाइ आत्मसाथ गर्दा हामि भन्दा साना र गरिब मुलुकहरु हामी भन्दा निकै अगाडि गएका उदाहरणहरु प्रसस्त छन । त्यसैले सरकारले मुलुकको सर्बोपरि हितलाइ हेरि निर्णय लिनुपर्नेछ ।

उदाहरणको लागि चिनले तातोपानी बाटोको स्थरोन्नति काठमाडौं लगायतका शहरहरुमा अन्डरपास वा ओभरपास अन्य पुर्बाधारहरु बानाइदिन तत्पर तथा नेपालमा उत्पादित घासहरु मासु र कृषि जन्य सामाग्रीहरु नेपालबाट खरिद गर्न खोजेको छ । तर नेपालले त्यो स्केलमा निर्यात गर्न सकेको छैन । त्यसैगरी चिनले आफ्नो भूमि प्रयोग गरि तेस्रो मुलुकमा निर्यात गर्न बाटो खुला गरिदिएको छ । त्यस्ता सुबिधाहरुको अधिकतम प्रयोग गर्नुपर्दछ । हामिले गतिलो गृहकार्य गरि कार्यप्रारम्भ गर्ने हो भने नेपाललाइ अधिक लाभ हुने कुरामा दुईमत छैन ।

निति 365 ले नेपाल — चिन उद्योग बाणिज्य सघका अध्यक्ष त्रीभुवनधर तुलाधर सङ गरेको कुराकानिमा आधारित अंश