एक राजनीतिक यात्रा र हालको विवाद गृहमन्त्री रमेश लेखक

रमेश लेखक, नेपाली कांग्रेसका वरिष्ठ नेता, सुदूरपश्चिमको कञ्चनपुरबाट उदाएका राजनीतिज्ञ हुन्। विद्यार्थी राजनीतिबाट यात्रा थालेका लेखकले नेपाल विद्यार्थी संघमार्फत राष्ट्रिय राजनीतिमा पाइला चाले। संविधानसभा सदस्य हुँदै उनले संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका खेले। त्यसपछिका दिनहरूमा उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीजस्ता जिम्मेवारी सम्हाल्दै, २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको मन्त्रीपरिषदमा गृहमन्त्रीको जिम्मा पाए।

उनको राजनीतिक यात्रा लामो र योगदानपूर्ण मानिन्छ। तर हाल उनी गम्भीर विवादमा मुछिएका छन्। गृह मन्त्रालयअन्तर्गत भिजिट भिसा प्रकरणमा करोडौं ठगीको आरोप लाग्दा, सोही मन्त्रालयको नेतृत्व गरिरहेका लेखक आलोचनाको केन्द्रमा परेका छन्। विपक्षी दलहरूले उनको राजीनामा माग गरिरहेका छन् भने रास्वपाले निष्पक्ष छानबिनको माग गरेको छ।

हाल अध्यागमन विभागमा भिजिट भिसा ठगी प्रकरण सार्वजनिक भएको छ, जसमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीहरू संलग्न रहेको आशंका गरिएको छ। गृहमन्त्रीले पहिले नै विवादमा तानिएका व्यक्तीहरुको सरुवा गरेका छन् यसले मन्त्री लेखकको भूमिकामाथि प्रश्न उठाएको छ, यद्यपि उनले प्रत्यक्ष संलग्नता अस्वीकार गर्दै निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन्।

गृहमन्त्री लेखकको संलग्नता पुष्टि नभए पनि सार्वजनिक चासो र जवाफदेहिताको सन्दर्भमा उनीमाथि प्रश्न उठेका छन्। अबको यात्रामा लेखकले आफ्नो राजनीतिक इमानदारी प्रमाणित गर्नुपर्ने समय आएको छ।