सगरमाथाबाट हिमाल जोगाउन प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको पत्र

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्च हिमालहरू जोगाउन आवश्यक भएकोभन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्नुभएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्च हिमालहरू जोगाउन आवश्यक भएकोभन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्नुभएको छ ।

उहाँले जलवायु परिवर्तन र हिमालहरूको संरक्षणका लागि सरकारलाई अनुगमन र योजना बनाउन पत्र मार्फत प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

शर्माले हिमालहरूलाई केवल आयआर्जनको स्रोत नभएर गौरवको प्रतीक पनि भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा महामन्त्री शर्माले  जलवायु परिवर्तनको मुद्दामा सिंगो संसारलाई घच्घच्याऊँ, अनुरोध र दबाब दुवै मार्ग अपनाऊँ, अनि संसारलाई भनौं- यो संसारलाई जोगाउने हो भने सबभन्दा पहिले हाम्रा उच्च हिमालहरु जोगाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।