राष्ट्रपतिलाई अर्थमन्त्रीद्धारा बजेटबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराउनुभएको छ ।
आज मंगलबार शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२- ८३ को वजेटका बारेमा ब्रिफिङ गर्नुभएको हो ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ ।

सोही वजेटका बारेमा मन्त्री पौडेलले आज मंगलबार  राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।