नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनश्रम कृषि सहकारी संस्थामार्फत उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सले किनेको छ । नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु चौधरीलाई बेचेको बताएका छन् ।
तुलसीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा विप्लवले २ लाख किलो आलु बेचिएको जानकारी दिएका हुन् । आलु त हामीले विनोद चौधरीलाई नै दियौँ’, उनले भने, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौँ ।’
त्यसो त आलु बेच्ने विषयमा गत कात्तिक २ गते नै नेकपा र सीजी फुड्सबीच सम्झौता भएको थियो ।
पुँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौँसहित देशका विभिन्न तीन स्थानमा साना उद्योग सुरु गरेको जानकारी पनि विप्लवले गराए । ती सबै नाफामै चलिरहेको दाबी उनको छ ।