संसद् सञ्चालनको लागि सभामुख र प्रमुख सचेतकबीच छलफल

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलले प्रतिनिधिसभा अवरोध जारी राख्ने भएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । संसद् खुलाएर आर्थिक सर्वेक्षण पेस गर्ने वातावरण बनाउन सभामुख घिमिरे सक्रिय हुनुभएको हो ।

यसअघि मंगलबारको छलफलमा सहमति नजुटेपछि आज बुधबार पनि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाउनुभएको हो ।

आजै सत्तारुढ नेपाली कांग्रेस(नेकपा एमालेको बैठकले गृहमन्त्रीले राजीनामा पनि नदिने र संसद्‌मा उठेका प्रश्नहरूको जवाफ गृहमन्त्रीले दिने निर्णय गरेको थियो।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीले गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएपछि सभामुखले सहमतिको प्रयास गरेका हुन्।