आज आगामी आ.ब. २०८२/ ८३ बजेट आउँदै : पहिलो बजेट २००८ माघ २१

आज आगामी आ.ब. २०८२ – ८३ बजेट आउँदै छ । केहि जानौं बजेटबारे ।
बजेट भनेको आय (कमाइ) र खर्चको योजना हो। यो एक निश्चित समयको लागि—जस्तै एक महिना, एक वर्ष आदि—को लागि बनाइने वित्तीय योजना हो जसले कति पैसा कहाँ-कहाँ खर्च गर्ने भनेर निर्धारण गर्छ ।
बजेट भन्नाले “कमाइ अनुसार खर्चको योजना” भन्ने गर्छ बुझिन्छ ।

नेपालमा प्रत्येक वर्षको बजेट प्रस्तुत गर्ने र सोहीअनुसार वार्षिक खर्च गर्ने प्रचलन धेरै लामो भएको छैन । वि.स. २००८ सालदेखि सरकारले देशको आय-व्ययको विवरण पेस गर्न सुरु गरेको हो ।

 

वि.स. २००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्णसम्सेर जबराले नेपालको पहिलो बजेट ल्याउनुभएको थियो । उहाँले ल्याएको बजेट नै नेपालको पहिलो सरकारी हिसाबकिताबसहितको पहिलो बजेट हो । त्यसयता, निरन्तर (केही वर्षबाहेक) प्रत्येक वर्ष बजेट प्रस्तुत हुँदै आएको छ ।

bajet-2008

‘यसअघि, मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ,’ पहिलो बजेट वक्तव्यमा लेखिएको छ, ‘अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के–केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ ।’

बजेटका मुख्य उद्देश्यहरू :
१)आय र खर्चको नियन्त्रण गर्नु।
२)बचत गर्ने योजना बनाउनु।
 ३) अत्यावश्यक खर्चमा प्राथमिकता दिनु।
४)ऋण नलाग्ने गरी आर्थिक स्थिति सुधार ।
 हामि सरकारी बजेटका कुरा गर्छौ :
सरकारी बजेट भन्नाले सरकारले एक आर्थिक वर्षको लागि बनाउने आय र खर्चको योजना हो। यसमा सरकारले कति पैसा कहाँबाट कमाउने (जस्तै कर, विदेशी सहायता) र कति पैसा कहाँ खर्च गर्ने (जस्तै शिक्षा, स्वास्थ्य, विकास, सुरक्षामा) भन्ने कुरा स्पष्ट हुन्छ ।
सरकारी बजेट भनेको ?
*“सरकारको आम्दानी र खर्चको वार्षिक योजना हो जुन संसदमा पेस गरिन्छ र पारित भएपछि कार्यान्वयन हुन्छ।”
*नेपालमा आर्थिक वर्ष श्रावण १ गतेदेखि सुरु हुन्छ र असार मसान्त मा सकिन्छ। त्यसअनुसार बजेट पनि हरेक वर्ष जेठ १५ गते संसदमा पेस गरिन्छ
*सरकारी बजेट कसरी बन्छ ?प्रक्रिया 
१. तयारी चरण
मन्त्रालयहरू र विभागहरूले आगामी वर्षका लागि आवश्यक खर्चको विवरण बनाउँछन्।
राष्ट्रिय योजना आयोगले विकास योजना समेटेर प्राथमिकता तय गर्छ।
२. अर्थ मन्त्रालयको समन्वय
सबै विवरणहरू संकलन गरेर अर्थ मन्त्रालयले प्रारम्भिक बजेट मस्यौदा तयार गर्छ।
बजेट मन्त्रिपरिषदमा पेस:
अर्थमन्त्रीले बजेटको मस्यौदा मन्त्रिपरिषदमा पेस गर्छन्।
संसदमा बजेट पेस:
जेठ १५ गते, अर्थमन्त्रीले संसदमा बजेट भाषणद्वारा बजेट प्रस्तुत गर्छन्।
छलफल र पारित
संसदमा बजेटमाथि छलफल हुन्छ।
.आवश्यक परिमार्जन पछि बजेट पारित गरिन्छ।
कार्यान्वयन:
* बजेट स्वीकृत भएपछि सम्बन्धित मन्त्रालयहरूले योजना अनुसार खर्च गर्न थाल्छन सरकारी बजेटका मुख्य अंशहरूस्
* राजस्व (आम्दानी)
कर जस्तैस् आयकर, मूल्य अभिवृद्धि कर
*गैर-कर (जस्तैस् सेवा शुल्क, दस्तुर)
*विदेशी सहायता र ऋण
*खर्च (व्यय)
*चालू खर्च (जस्तै:  तलब, भत्ता, प्रशासनिक खर्च)
*पूँजीगत खर्च (जस्तै पूर्वाधार विकास, योजना)
* ऋण  भुक्तानि
सरकारी बजेट किन महत्वपूर्ण छ?
 *राष्ट्रिय योजना कार्यान्वयन गर्न सहयोग गर्छ।
*जनसेवा (शिक्षा, स्वास्थ्य आदि) मा लगानी हुन्छ।
*आर्थिक विकास को दिशा तय गर्छ विकास र समावेशीता सुनिश्चित गर्न आधार बन्छ।