नेपालमा इलेक्ट्रिक तथा दूरसञ्चासम्बद्ध अन्य उपकरण तथा सामग्रीहरु झैं सिम कार्डको आयात पनि बढ्दो क्रममा रहेको छ। यो बढोत्तरीको प्रवृत्ति माघ, फागुन, चैत हुँदै २०८२ को वैशाख महिनामा पनि उस्तै रहेको पाइएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को २०८२ वैशाख महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ८ करोड ७२ लाख ९ हजार रुपैयाँ बराबरको सिम कार्ड आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको २१ लाख १० हजार ७३९ थान सिम कार्ड आयात भएको विवरणमा उल्लेख छ।
सरकारले उक्त परिमाणको सिम कार्ड आयातबाट यो अवधिमा २ करोड १३ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १४ मुलुकबाट सिम कार्ड आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट ८ करोड ५९ लाख १७ हजार रुपैयाँ बराबरको २० लाख २ हजार ३५५ थान सिम कार्ड आयात भएको छ। यसैगरी मेक्सिकोबाट ५ लाख ७ हजार बराबरको ७५००० थान, बेलायतबाट ४ लाख ७० हजार बराबरको २०६०० थान, अस्ट्रेलियाबाट १ लाख ६७ हजार बराबरको ९५०१ थान सिम कार्ड आयात भएको छ।
यसैगरी दक्षिण कोरियाबाट ३३ हजार बराबरको १५०० थान, अमेरिकाबाट ३६ हजार बराबरको ६१७ थान, जापानबाट ६९ हजार बराबरको ५०० थान, क्यानडाबाट ३ हजार बराबर ५०१ थान, भारतबाट १० हजार बराबरको १५१ थान सिम कार्ड भित्रिएको छ।
यस्तै बेल्जियमबाट ६ थान सिम कार्ड आएको छ जसको कुनै मूल्य उल्लेख छैन भने, सर्बियाबाट १ हजार बराबरको ४ थान, पोल्याण्डबाट ४ हजार बराबरको १ थान र डेनमार्क तथा बंगलादेशबाट मूल्य उल्लेख नगरिएको क्रमशस् १ र २ थान सिम कार्ड आयात भएको प्रतिवेदमा उल्लेख छ।
यस्तो छ विवरण: