इन्द्रावति गाउँपालिका वडा नं. ११ स्थायि घर भई काठमाडौं बस्दै आउनुभएका बिनोद थापा (राजिबले) जन्मदिनको अवसर पारेर आफ्नो जन्मस्थानमा अवस्थित कखरा सिकेको श्री परोपकार आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक तथा खेलकुदका सामान सहयोग गर्नुभएको छ ।
विगत पाँच बर्षदेखि जन्मदिनको अवसर पारेर नियमित सहयोग गर्दै आउनुभएका थापाले यसपटक उक्त विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीलाई एक/एक दर्जन कपि, कलम, पेन्सिल, सापनर, इरेजर, त्यसैगरि खेलकुदका सामाग्रीहरुमा फुटबल एकथान, लुडो पाँचथान, व्याडमेन्टन दुइथान, वेविकिड एघारथान तथा इरोक्बोर्ड एघारथान हस्तान्तरण गर्नुभएको छ ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै थापाले हाम्रो सानो सहयोगले समाजमा राम्रो म्यासेज जाने हामिले जन्मदिन वा अन्य कार्यमा गरिने फजुल खर्च र समयलाई यस्ता कार्यमा लगानि गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आजको परिस्थितिमा तन, मन, धन सबै कुरा बालबालिकाको शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । सो क्षेत्रका हरेक गतिविधिमा थापा अग्रपंतिमा देखिनु हुन्छ ।