ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने व्यवस्था

सरकारले ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने व्यवस्था मिलाउने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी नदीजन्य र खानीजन्य वस्तुको उत्पादन गरी उपयोग र निर्यात गर्ने घोषणा गर्नुभएको हो ।
नेपाली वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिइने बजेटमा उल्लेख छ।