नेपाल सरकारले पहिलो पटक ‘डिजिटल नोम्याड भिसा’ उपलब्ध गराउने घोषणा गरेको छ । देशलाई डिजिटल घुमन्ते तथा रिमोट वर्करहरूको गन्तव्य बनाउने योजनासहित सरकारले यस्तो योजना अगाडि सारेको हो ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत नेपालमा बसेर विदेशी कम्पनीको लागि रिमोर्ट वर्क गर्ने व्यक्तिलाई डिजिटल नोम्याड भिसा उपलब्ध गराइने जानकारी दिनुभयो ।