बाढीले नवलपरासीमा राजमार्ग अवरुद्ध

  • Clock icon
    २०८२ जेष्ठ १६, शुक्रबार

अविरल वर्षापछि आएको बाढीले सडक कटान गर्दा नवलपरासी पूर्व र पश्चिम दुवैतर्फ सवारी अवरुद्ध भएको छ।

गए रातिदेखिको वर्षाको कारण विभिन्न नदीमा बाढी आउँदा दुवै जिल्लामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अहिले नवलपरासी पश्चिमको खोर्सानी खोलामा वानवे सडक सञ्चालनमा आए पनि पूर्व नवलपरासीमा भने सडक पूर्णरुपमा बन्द रहेको हो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी, चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक ९डाइभर्सन० गएराति बाढीले बगाएको हो।

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएको हो।

 

  • Clock icon
    २०८२ जेष्ठ १६, शुक्रबार