अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो बिहीबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८२-०८३ को बजेट आफैंले बजेट कार्यान्वयनलाई पहिलो प्राथमिकता राखेर काम गर्ने दाबी गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा आज शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले साउन महिनासम्म पर्खिएर नभई आजैदेखि बजेट कार्यान्वयन प्रक्रिया थालनी गर्ने योजना सुनाए। उनले बजेटको आकार धेरै महत्वाकांक्षी नरहेको र आम्दानी–खर्चको हिसाबले यथार्थपरक ढंगले बजेट आएको उल्लेख गर्नुभयो ।
पौडेलका अनुसार यस वर्ष पुँजीगत खर्च बढाउने, चालु खर्चलाई सीमामा राख्ने र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणको रकम वृद्धि गर्ने नीति अपनाइएको छ। उहाँले राजस्वको लक्ष्य आर्थिक वर्षको अन्त्यसम्म पूरा हुनेमा आफू आशावादी रहेको समेत बताउनुभयो ।
राष्ट्रिय परिचयपत्रलाई सामाजिक सुरक्षा तथा सेवा सुविधासँग जोड्ने, डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने र भन्सार बिन्दुमा अग्रिम आयकर संकलन गर्ने प्रावधान खारेज गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।