गण्डक जलविद्युत उत्पादन सुरु

  • Clock icon
    २०८२ जेष्ठ १६, शुक्रबार

पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ। नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो।

जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुसालले मङ्गलबार बिहान नहरमा पानी छोडिएको बताउँदै प्राविधिक समस्याले बिहीबारदेखि उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । उहाका अनुसार अहिले नहरमा फोहर पानी आइरहेकाले तत्काल एउटा टर्वाइन सञ्चालन गरेर डेढ मेगावाटसम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको जलविद्युत् केन्द्र ३१ अगस्त १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो। करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने काम अधिकांश भारतीय पक्षले गर्दै आएका थिए ।

  • Clock icon
    २०८२ जेष्ठ १६, शुक्रबार