अन्तर्राष्ट्रिय स्काउटको आयुक्त बरालद्वारा राजीनामा

  • Clock icon
    २०८२ जेष्ठ १६, शुक्रबार

नेपाल स्काउटकी अन्तर्राष्ट्रिय आयुक्त स्मृति बरालले पदबाट राजीनामा दिनुभएको छ । २०८० फागुन १३ गते निर्वाचित उनी १५ महिनामै पदीय जिम्मेवारीबाट बाहिरिनुभएको हो ।।

नेकपा (एमाले) निकट अनेरास्ववियुको स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखसमेत रहनुभएकी बरालले आफ्नो राजनीतिक यात्रालाई केन्द्रमा राखेर बारम्बार आत्मसम्मानमा ठेस पुर्याएकाले राजीनामा दिन बाध्य भएको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

लोकतान्त्रिक विधिबाट निर्वाचित भई आफूले पाएको जिम्मेवारीलाई ‘राजनीतिक पहुँचको उपज’ भनेर समाजमा नकारात्मक भाष्य बनाइएको उहाँको गुनासो छ । सक्रिय राजनीतिक यात्राकै कारण बारम्बार आफ्नो चरित्रहत्या गरिएको उल्लेख गर्दै बरालले नगरेका गल्तीहरुको दोष थुपारिने यात्रा आफूलाई स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ ।