नेपाली व्यवसायीसँग चीनका विद्यार्थी दङ्ग

 

चीनको सियान शहरबाट विभिन्न विश्वविद्यालयका झण्डै डेढ सय विद्यार्थी तथा प्राध्यापकहरु स्थलगत भ्रमणको क्रममा चीनकै यिवु शहर पुगेका छन् ।

आफ्नो सुन्दर भविष्यको आधारबारे जानकारी लिन आएका ती विद्यार्थीको यिवुमा झण्डै डेढ दशकदेखि व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी राजकुमार खड्कासँग भेट भएको छ ।

नेपाली व्यवसायी खड्काले उनीहरुलाई आशा र भरोसा राख्दै अघि बढेमा आफ्नो भविष्यको आधार आफैँ बन्न सकिने आधार दिनुभएको छ। खड्काले भन्नुभयो, ‘तपाईंहरू विश्वकै शक्तिशाली मुलुक र उत्कृष्ट नेताहरू भएको देशमा जन्मिनुभएको छ १ तपाईंहरू साँच्चि नै भाग्यमानी हुनुहुन्छ ।’

बेल्ट एण्ड रोड इनिसिएटिभ्सले विश्वका १४९ देशसँग सहकार्य गरेको छ । यसरी, चीनले विश्वभर विकास पहल र ठूला परियोजनामा सहयोग प्रदान गरिरहेको उहाँले बताउनुभयो ।