लगातार तश्रो दिन राजा फर्काउने आन्दोलन

राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर काठमाडौंमा सुरु भएको आन्दोलनको आज तेस्रो दिन हो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार, राजावादीहरूले आज दरबारमार्ग क्षेत्रमा प्रर्दशन गर्ने तयारी थियो । यद्यपि, आजैबाट लागू हुनेगरी सो क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिबाटीबाट सुरु गरिएको छ ।

प्रर्दशन बालुवाटारतर्फ गएको हो ।

प्रदर्शनको क्रममा घुसपैठ भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकार राजावादीहरूसँग डराएको दाबी गर्नुभएको छ ।

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानलाई राजसंस्था पक्षधहरूको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको पुष्टि भएको तर्क गर्नुभएको हो ।