करिब १५ करोड हियरिङ एड र पेसमेकर १० महिनामै नेपाल आयात

नेपालमा आयात हुने विभिन्न इलेक्ट्रोनिक डिभाइसहरुमा श्रवण शक्ति कमजोर भएकाले लगाउने हियरिङ एड र मुटुमा समस्या भएकाहरुले प्रयोग गर्ने पेसमेकर पनि उल्लेख्य रहेका छन्।

हियरिङ एड

भन्सार विभागको आर्थिक वर्ष २०८१-८२ को २०८२ वैशाख मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा १४ करोड ६९ लाख ५३ हजार रुपैयाँ बराबरको हियरिङ एड र पेसमेकरआयात भएको पाइएको छ।

यो अवधिमा नेपालमा विश्वका विभिन्न १४ देशबाट समग्रमा ३१ हजार ६६३ थान हियरिङ एड तथा पेसमेकर भित्रिएको छ। यो आयातबाट सरकारले १ करोड २१ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

पेसमेकर