भारतमा माओवादी सकिएको मोदीको दाबी

अप्रिलको गर्मी र तातोयुक्त गुमुदावेल्ली रेणुकाको स्मरणमा बनाइएको एक नयाँ समाधिको काम भारतीयले हेरिरहेका छन्‌ ।

रेणुका भारतीय कम्युनिष्ट पार्टी (माओवादी)की मिडिया प्रभागमा आवद्ध थिइन् । दक्षिणी छत्तीसगढमा प्रतिबन्धित उक्त सङ्गठनको दन्डकारण्य विशेष जोनल कमिटीको सदस्य पनि थिइन् ।

माओवादीविरुद्ध राज्यको सशस्त्र फौजले चलाएको कारबाही दौरान ३१ मार्चमा रेणुकाको हत्या भयो । नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले सन्‌ २०२६ को मार्चसम्ममा माओवादी आन्दोलन निमिट्यान्न पार्ने घोषणा गरेको अन्तराष्ट्रिय समाचार संस्था बीबीसी हिन्दीले जनाएको छ ।

सन्‌ १९४६ मा तेलङ्गानामा जुन सशस्त्र किसान आन्दोलन सुरु भएको थियो, त्यसको दुई दशकपछि सन्‌ १९६७ मा पश्चिम बङ्गालको नक्सलबाडी इलाकामा जमिनदारविरुद्ध एक किसान विद्रोह भयो ।

१९७० को दशकमा त्यहाँ माओवादी आन्दोलन तीव्र गतिमा फैलियो । बङ्गाल, बिहार, झारखण्ड, आन्ध्र प्रदेश र हालको छत्तीसगढको कयौँ क्षेत्रसम्म माओवादी विद्रोह विस्तार भयो ।

सन्‌ २००४ मा भारतमा औपचारिक रूपमा भारतीय कम्युनिष्ट पार्टी (माओवादी) गठन भयो ।