गएरातीको अविरल वर्षाका कारण अवरुद्ध भएको कोसी राजमार्ग एकतर्फी संचालनमा आएको छ।
आज शनिबार केहिबेरअघिदेखि मुलघाटको अवरुद्ध सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बिहान करिब ६ बजेतिर अबिरल परेको बर्षाको कारण धनकुटाको साँगुरीगढी गापा ६ कोशी राजमार्गस्थित फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले १०० मिटरभन्दा बढी सडक कटान गरेर बगाएको थियो।