ओपनएआईले च्याटजीपीटी लगायतका आफ्ना एआई टुलको प्रयोगलाई अझ प्रभावकारी र व्यापक बनाउने उद्देश्यले विभिन्न उपयोगी कोर्सहरू उपलब्ध गराउँदै आएको छ ।
यसै क्रममा कम्पनीले आफ्नो ‘एआई एकेडेमी’ मार्फत हाल ११ ओटा कोर्स पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको हो ।
यी कोर्सले प्रयोगकर्तालाई च्याटजीपीटी र अन्य एआई मोडेलको क्षमतालाई राम्रोसँग बुझ्न र त्यसको अधिकतम उपयोग गर्न मद्दत पुर्याउने बताइएको छ ।
च्याटजीपीटीबाट स्पष्ट, संक्षिप्त र प्रभावकारी प्रम्प्ट कसरी लेख्ने भन्ने सिक्न सकिन्छ । यस्तै च्याटजीपीटीले कसरी जानकारीलाई प्रशोधन गर्छ र जटिल प्रश्नको जवाफ दिँदा कस्तो प्रकारको ‘तार्किक’ सिकाउँछ । यसैगरी गहन अनुसन्धान सिकाउँछ । त्यतिमात्र होइन अनुसन्धान, तत्थ्यांक विश्लेषण, मोडालिटी च्याटजीपीटीले सिकाउँछ ।