प्रधानमन्त्री ओलाीको पहिलो आत्मस्वीकारोक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक आफ्नो कमजोरी स्वीकार गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएको ओलीले हत्तपत्त कमजोरी स्वीकार नगर्ने र आफ्नो अडान नछोड्ने नेताको रूपमा नेपाली राजनीतिमा तथ्य र प्रमाणले भन्दा तर्क–वितर्कले आफ्ना कुरा माथि पार्ने सिप भएका उहाँले आत्मसमीक्षा गरेको खासै सुनिँदैन ।

तर उहाँले गरेको आत्मस्वीकारोक्तीले कम्युनिष्ट पार्टीहरूले जीवन पद्धति मानेको आलोचना–आत्मालोचनाको प्रक्रियाप्रति त झन उहाँमा थोरै पनि विश्वास नरहेको पछिल्ला केही भाषणबाट प्रष्ट भैसकेको छ । यस्तो स्वभाव र शैलीका ओलीले हालै पार्टीको एउटा बैठकमा घुमाएर आत्मालोचना गरेपछि कार्यकर्ताहरू अचम्ममा परेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा अखिल, युवासंघ, बुद्धिजीवी, कानुन व्यवसायी र मुक्ति समाजलगायत अधिवेशन नगरेका संगठनका अध्यक्ष र इञ्चार्जलाई भने ऐच्छिक निम्तो थियो । राति साढे ८ बजेका लागि बोलाइएको बैठक सधैँजस्तो अध्यक्ष ओलीका कारण एक घण्टा ढिलो शुरु भयो ।

अध्यक्षले भाषण गर्ने, अरुले बेलाबेला ताली पिट्ने शैलीको बैठकको औपचारिक शुरुआत गर्दै जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कुरा राखे । त्यसपछि करिब एक घण्टा लामो भाषण गर्ने क्रममा ओलीले अहिलेकै अवस्थामा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नसकिने निचोड सुनाउँदै सच्चिएर जानुपर्नेमा जोड दिनुभयो ।

गत आम चुनावलगत्तै ‘मिशन–८४’ भन्दै आएका उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाएर देशको नेतृत्व आफूले गर्ने बताउँदै आउनुभएको छ ।

सिधै ‘म आत्मालोचित हुन्छु’ नभने पनि अध्यक्ष ‘घुमाएर कान समात्न’ तयार भएको बैठकमा सामेल भएका नेताहरुले सञ्चारमाध्यमलाई जानकारी दिए ।

अध्यक्ष ओलीले ‘यस्तो तालले ०८४ सफल नहुने भएकाले हामी सबै सक्रियतापूर्वक लाग्नुपर्ने र जनताको बीचमा जानुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।