चीनको सीमावर्ती जिल्लामा एमालेको तमझम

१ वर्षसम्म कार्यविभाजन नगरेर पार्टी गतिविधि लगभग शून्य भएको अवस्थामा अहिले चीनको सीमाक्षेत्रमा तमझमका साथ नेकमा एमाले उत्रिएको छ । गत वैशाख २७ गतेको बैठकले एकैपटक ४२० भोल्टको ऊर्जा थपेको एमालेले जनाएको छ ।

गत संघीय र प्रदेश निर्वाचनमा सोत्तर भएको एमाले प्रत्यक्षतर्फ २ संघ र ४ प्रदेश सभामा उपस्थिति शून्य० आजको दिनसम्म राम्रोसँग बौरिनसमेत सकेको छैन ।

सिन्धुपाल्चोकका तत्कालीन जिल्ला अध्यक्ष कमल नेपालले निर्वाचन जित्ने अवस्थामा समेत मैदान छाडेका थिए । उनको नामको टिकट नेपाल प्रहरीको फरार सूचीमा रहेका युद्धविक्रम तामाङ (डिबी) को हातमा पुगेको थियो ।

कांग्रेस–माओवादी गठबन्धनकी मसिना खड्काले १४६६७ मत ल्याउँदा, डिबीले १३४६६ मत ल्याएर कडा चुनौती दिएका थिए । निर्वाचन ताका फरार रहेका तामाङको मनोनयन दर्ता गर्ने इन्द्रावती–५ का वडाध्यक्ष तथा अधिवक्ता शशिनाथ आचार्य हुन् ।

सिन्धुपाल्चोकमा २ क्षेत्र, ४ प्रदेश, १२ पालिका, १०३ वडा तथा विभिन्न जनसंगठनको इञ्चार्जरसहइञ्चार्ज तोकेपछि पार्टी गतिविधि ह्वात्तै माथि उठेको एमालेले जनाएको छ । चीन सीमामा के गर्न खोजेको एमालेले प्रश्न चारैचिर फैलिएको छ ।