जेठ १९- गते आम जनताको आँखामा एउटा चित्र आउँछ जुन चित्र हो राजा वीरेन्द्र र उनको परिवारको वंशनाश भएको र आज त्यसै दिन हो । जुनदिन नारायणहिटी दरबार हत्या काण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, लगायतको हत्या भएको थियो । आजसम्म पनि भएको के थियो, कसले गर्यो यस्तो विभत्स कार्य यसको जवाफ न त उनको भाइ राजा ज्ञानेन्द्र हुँदा दिन सके त अहिलेसम्मका सरकारले तर जवाफको प्रतिक्षामा आम जनता रहेका छन् ।