वाम एकताको चर्चा मात्र कि कार्यान्वय पनि ?

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटघाट भएको छ । खनाल सिंहलाई भेट्न वनस्थलीस्थित उहाँको निवास पुग्नुभएको हो ।

दुई जनाबीच साढे चार वर्षपछि भेट भएको खनालले जानकारी दिनुभयो । । खनालका अनुसार भेटमा वर्तमान सरकारको काम कारवाही, राजावादीको आन्दोलनसहित समसामायिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको थियो ।

भेटबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘हामीबीच वाम एकताबारे पनि छलफल भयो, तर कम्युनिष्ट नेताहरुले आफ्नो आफ्नो बानी र शैली सुधार नगर्दासम्म वाम एकताको औचित्य नहुने उहाँ (सिंह)को धारणा छ ।’

नेता खनालले ८८ वर्षीय सिंहको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।