नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका, वडा नं – ०४, मनौरा स्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले विद्यालयमा एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका कर्मचारी र शिक्षकहरुको उपस्थिति रहेको थियो । बैंकले विषेशगरी शैक्षिक क्षेत्रमा यस्ता कामहरू उल्लेख्य रूपमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंक लि।ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।