आज गोलभेँडाको मूल्य १५ रुपैयाँ बढ्यो, भिन्डी भयो सस्तो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ २० गते मंगलबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज काउली, गोलभेँडा, प्याजसहितका तरकारीको मूल्इ बढेको छ। तर, बोडी, परबलसहितका तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाल गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा ६०, सानो लोकल गोलभेँडा ३५, रातो आलु ३६, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ३०, बन्दा १२, स्थानीय काउली ३५, लोकल सेतो मुला १७, हाइब्रीड मुला १७, लाम्चो भन्टा १४, डल्ले भन्टा २२, तने बोडी ४५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ४५, परबल ४५, घिरौँला २०, झिँगुनी ५५, हरियो फर्सी लाम्चो २५, डल्ले फर्सी २०, पाकेको फर्सी ४०, भिन्डी २२, कन्य च्याउ १५०, डल्ले च्याउ २५३, सजिवन १०५, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाल गोलभेँडा ५०, ठूलो भारतीय गोलभेँडा ६०, सानो लोकल गोलभेँडा ४२, रातो आलु ३६, मुडेको रातो आलु ३८, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ३०, तराईका गाँजर २०, बन्दा १२, स्थानीय काउली ३०, लोकल सेतो मुला १७, हाइब्रीड मुला १७, लाम्चो भन्टा १४, डल्ले भन्टा २५, तने बोडी ५०, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ४५, परबल ५५, घिरौँला २०, झिँगुनी ५५, हरियो फर्सी लाम्चो २५, डल्ले फर्सी २०, पाकेको फर्सी ४०, भिन्डी २५, कन्य च्याउ १४६, डल्ले च्याउ २३३, सजिवन १०५, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो थियो।