चीन र भारतको चोरी गर्दै किन झोला भिर्नु, प्र.ओली ?

प्रधानमन्त्री (प्र.)एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले;-‘म झोले’ भन्दै फेसबुकमा राखेको पोष्टर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको त्यस्तै एउटा पोस्टरसँग मिल्दोजुल्दो देखिएको छ ।

ओलीले हिजो जेठ १९ सोमबार बिहान आफूलाई झोले घोषणा गर्दै फेसबुकमा पोष्टर राख्नुभएको थियो। नमस्कार गरिरहेको फोटोसहितको उक्त पोष्टरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’ लेखिएको छ ।

त्यसलाई एमालेले अहिले अभियानकै रुपमा अघि बढाइरहेको छ । एमालेका नेता-कार्यकर्ताले अध्यक्षको फोटोको ठाउँमा आफ्नो राखेर सञ्जालमा छ्यालब्याल पारेका छन् ।

सूचना प्रविधिको आजको युगमा कतिपय कुरा एक अर्कासँग मिल्नु वा शेयर गर्नु अनौठो होइन तर,त्यसले सृजनशीलता मर्नु हुँदैन ।

तर,उक्त फोटो भने भारतीय प्रधानमन्त्री मोदीको त्यस्तै एउटा अभियानका लागि बनाइएको फोटोसँग हुबहु मिलेको छ । मोदीले ‘म पनि चौकीदार’ भन्ने फोटो अभियान चलाएका थिए, जुन ‘झोले’ फोटोसँग मेल खान्छ ।

सूचना प्रविधिको आजको युगमा कतिपय कुरा एक अर्कासँग मिल्नु वा शेयर गर्नु अनौठो होइन तर,त्यसले सृजनशीलता मर्नु हुँदैन । कुनै बेलाको व्यवस्थित पार्टी एमालेमा भने अर्काको नक्कल गर्ने रोग महामारीकै रुपमा फैलिँदै गरेको देखिन्छ ।

यसअघि गोदावरी विधान सम्मेलनमा पनि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को झल्को दिनेगरी मन्च बनाइएको थियो ।

सिपिसीका बैठक तथा भेला सम्मेलनहरुमा शीर्ष नेता बस्ने कुर्सीको ठीक पछाडि हँसिया हथौडालाई वीचमा पारेर पाँच-पाँच वटा झण्डा दुईतिर मिलाएर आकर्षक बनाउने गरिएको छ । एमाले विधान महाधिवेशनमा पनि सूर्य चिन्ह अंकित लोगोलाई वीचमा पारेर त्यसैगरी झण्डा सजाइएको थियो ।

सिपिसीसँग ठ्याक्कै मिल्नेगरी मन्च बनाएको विषय त्यसबेला आलोचनामा परेको थियो ।

एमालेमा यस्ता प्राविधिक विषयको रचनाकार उपमहासचिव तथा प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमाल हुनुहुन्छ । भूगोलको कम अनुभव भएको रिमालमा ल्यापटपले हिसाब निकालेर घटना र विषयको विश्लेषण गर्ने र त्यसअनुसार कार्यक्रम बनाउनु कत्तिको ठिक सोच पनि नभएकाले बेला-बेला रिमालसँगै त्यता कार्यक्रम पनि विवाद र आलोचनामा पर्ने गरेको छ ।

२०७९ को आम चुनावलगत्तै एमालेले मिसन ग्रासरुट अभियान चलाएको थियो, अंग्रेजीवाला उक्त नाम उनैले जुराएका हुन् । त्यो नामप्रति भीम रावललगायतका केही नेताले आपत्तिसमेत जनाएका थिए ।

अब को ठूलो रिमाल ? कि चीन र भारतको चोरी गर्ने प्रधानमन्त्री ओली ? प्रश्न सबैका लागि खडा छ ।